“एनआरएनले लगानी गरेनन् भनेर गुनासो गर्नेले एकपटक यहाँको कर्पोरेट संस्कृति कस्तो छ भनेर गम्भीर भएर सोच्नुपर्छ ।” अमेरिकाको न्युयोर्कमा ‘ल फर्म’ सञ्चालन गरिरहेका भट्ट राज्यले आधारभूत कर्पोरेट व्यवस्थामात्र बसाउन सक्ने हो भने ठूलो लगानी भित्रिनेमा कुनै शंका नभएको तर्क गर्छन् …
नेपाल अहिले विश्वमै सबैभन्दा बढी लगानीका लागि प्रचुर सम्भावना भएको मुलुक हो । यो यर्थाथलाई सबैले ध्यान दिनुपर्छ । यो अवसरलाई सदुपयोग गर्न राज्यले कानुनी व्यवस्था गर्नुपर्छ, जुन व्यावहारिक र लगानीकर्ताको हितमा हुनुपर्छ । जब लगानीकर्ता सुरक्षित भएर धेरैभन्दा धेरै लगानी गर्छन्, तब बढीभन्दा बढी उत्पादन हुन्छ । त्यसपछि आफैं उपभोक्ताका अधिकार सुनिश्चित हुन्छन् ।
More at: http://www.karobardaily.com/news/11286#.TqMk5qviZpk.facebook