अमेरिकी अदालतमा मुद्दा
नेपालका सरकारी निकायहरुले आफ्नो रकम विनाकारण जफत पारेको भन्दै क्षेत्री र लि झियाङले युनाइटेड स्टेट डिस्ट्रिक कोर्ट न्यूयोर्कमा मुद्दा दायर गरेका छन् । मुद्दामा नेपाल राष्ट्र बैङ्क, राजश्व अनुसन्धान विभाग तथा नेपाल बङ्गलादेश बैङ्कलाई विपक्षी बनाइएको छ र यसको जानकारी नेपाली नियोगमार्फत विपक्षीहरुलाई गराइसकिएको क्षेत्रीले जानकारी दिए । मुद्दाको कानूनी प्रतिनिधित्व भट्ट ल फर्मले गरेको छ । र्फम नेपाली मूलका कानूनविद् डिल्लीराज भट्टको हो । भट्टले भने, ‘अन्तरराष्ट्रिय वस्तुको बिक्रीसम्बन्धि भियना कन्भेन्सन, अन्तरराष्ट्रिय व्यापार तथा ब्याङ्किङसम्बन्धि अन्तरराष्ट्रिय कानूनविपरीतको काम भएकाले मुद्दा दायर गरिएको हो ।’ भट्टले चेज बैङ्क र नेपाल बङ्गलादेश बैङ्कबीच रकम हस्तान्तरणको सम्झौता हुँदा भुक्तानीको सिलसिलामा कुनै अप्ठ्यारो भए न्युयोर्कको कानूनअनुसार हुने उल्लेख गरिए पनि बङ्गलादेश बैङ्कले समेत सम्झौता मिचेको बताए । उनले कारोबार सबै कानून बमोजिम भएको प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी पनि गरे । तरला इन्टरनेशनलका मालिक क्षेत्री २२ वर्षेखि अमेरिका बस्दै आएका छन् । उनको पुर्ख्यौली घर डडेलधुरा हो ।

More at: http://www.abhiyan.com.np/article-feature3_09_mangsir