लण्डन / नेपालको वर्तमान राजनीतिक घटनाप्रति वि्रटेन नेपाल लयर्स एसोशिएनले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रपतिले संवैधानिक कानूनको सिद्धान्त र परम्पराबाट विमुख नभई नेपालको लोकतान्त्रीकरणमा सहयोग पुर्‍याउनु आजको ऐतिहासिक दायित्व भएको भन्दै एशोसिएसनले त्यही दायित्व अनुसार राष्ट्रपतिलगायत सबै राजनीतिक दलका नेताले मुलुकको दीर्घकालीन हितका लागि जिम्मेवारी पुरा गरुन भन्ने अपिल गरेको छ ।बि्रटेन नेपाल लयर्स एसोसिएसनको ४ मेमा बसेको बैठकले संस्थाको विधान पारित गर्दै विभिन्न निर्णयहरु गरेको छ । एशोसियसनको कार्यसमितिको निर्वाचन आगामी २९ अगस्तमा गर्ने निर्णय सहित हाललाई प्रा.डा. सूर्यप्रसाद सुवेदीको सभापतित्वमा कार्यकारी समिति गठन गरेको छ ।एशोसिएसनको कार्यकारी समितिको उपसभापतिमा सुनिल अधिकारी, महासचिवमा राजु थापा, कोषाध्यक्ष र प्रवक्तामा महेशकुमार दाहाल र सहसचिवमा अमृत खरेल चुनिनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा कीर्तिविलास पन्त, देवेन्द्र श्रेष्ठ, दीपेश श्रेष्ठ, दीपक भट्टराई, उमेश मोक्तान र उमेशविक्रम शाह चुनिनु भएको छ । एशोसिएसनको बैठकले चुनाव समिति समेत तय गरेको छ । सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित चुनाव समितिका अन्य सदस्यहरुमा प्रकाश पोखरेल, नविन पौडेल र रुपक मल्ल रहनु भएको छ ।नेपाल कानून व्यवसायीहरुले वेलायती न्यायालयमा कानूनी व्यवसायका लागि मान्यता प्राप्त गर्न आवश्यक पहल गर्नका लागि सुनिल अधिकारीको संयोजकत्वमा देवेन्द्र श्रेष्ठ र अमृत खरेललाई जिम्मा दिइएको छ ।